अष्ट्रेलियाको भिक्टोरियामा थपिए ५३५ जना नयाँ संक्रमित, थप एक जनाको मृत्यु

0
71

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ५ सय ३५ जना नयाँ संक्रमित थपिएका छन्।

शनिबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ६१ हजार ६ सय २२ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा ५ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो। योसंगै भिक्टोरियामा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ७४ पुगेको छ।

त्यसैगरी भिक्टोरियामा पछिल्लो २४ घण्टामा एक जना संक्रमितले ज्यान गुमाएका छन्।