चितवनको ‘भाईरल घर’ मा सुटिङ्ग भएको गीत “चन्द्रमालाई छुन पाएत ” सार्बजनिक

0
462

चितवन, १ असोज

देबी घर्ति र रामु शर्माको आवाजमा लोकप्रिय संगीत प्राली मार्फत “चन्द्रमालाई छुन पाएत ” बोलको गीत बजारमा आएको छ । गोपाल सापकोटाको शब्द अनि रामु शर्माको संगीतमा तयार भएको गीतको म्युजिक भिडिओमा नयाँ अनुहारले अभिनय गरेका छन् ।

बिगत केही बर्षदेखी जापानमा रहेर काम गरिरहेका गोबिन्द सापकोटा र नेपालमै रहेर अभिनयमा रुचि राख्ने सुष्मी कंडेलले अभिनयमा डेब्यु गरेका छन् ।

हामी संग कुरा गर्दै मोडेल गोबिन्द सापकोटाले सानै बाट लोकगीत प्रतिको रुचि र प्रेररणको कारण आफुले अभिनय गर्ने मौका पाएको बताए । उनका अनुसार गीतमा प्रदेशी र घरदेशका कुराहरुलाई समेटेको बताउदै दर्शक श्रोताले गति मन पराइदिनेमा बिश्वस्त रहेको बताए ।

मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतमा बिनोद बाजुरालीले एरेन्ज गरेका छन् । लोकप्रिय संगीत प्रालीको युट्युब च्यानल मार्फत बजारमा आएको गीत चितवनको ठिमुरा रिसोर्ट ‘भाईरल घर’ लगाएका स्थानमा छायांकन गरिएको हो । गोपाल सापकोटाले निर्देशन गरेको गीतको दृश्य सम्पादन रोशन धितालले गरेका छन् । गीतलाई सफलताको शुभकामना ।