अष्ट्रेलियामा खुसी छन् छोरीहरु, म पनि विदेशमै थिएँ; नेपालमा न त राम्रो काम हुन्छ, न पैसा

0
280

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले भक्तपुर, ठिमी घर हुनुभएकी शान्ति थापासँग कुराकानी गरेका छौं।

हजुरलाई कसले उपहार पठाइदिनुभएको हो?
मेरो छोरीहरुले पठाईदिएका हुन्।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो?
म बिरामी भएको हुनाले मेरो छोरीहरुले आफू नजिक भएको महसुस गराउन मेरो लागि यसरी अष्ट्रेलियाबाट समान पठाएका रहेछन्। मलाई धेरै नै खुसी लागेको छ।

तपाईको छोरीहरु अष्ट्रेलिया जानुभएको कति भयो?
मेरो जेठी छोरी अष्ट्रेलिया गएको त १२ वर्ष भईसक्यो र कान्छी छोरी गएको चाहिँ ४ वर्ष भयो।

छोरीहरु अष्ट्रेलिया गएकोमा कस्तो लाग्छ?
आफ्नो भविष्य बनाउन गएका छन्, उनीहरुलाई राम्रो भईरहेको छ। त्यो जस्तो खुसी के नै होला र मेरो लागि।

चाडपर्वहरुमा छोरीहरुको कत्तिको सम्झना आउँछ?
चाडपर्वमा मात्रै होइन अरु बेला पनि याद आउँछ नि हजुर, म बिरामी हुदाँ छोरीहरुले खाना पकाउन सघाईदिन्थे। अहिले त घरमा मिठो मसिनो जे जस्तो खाने कुरा बनाउदा छोरीहरुलाई धेरै सम्झिने गर्छु।

नेपाल फर्किए हुन्थ्यो जस्तो लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ?
उनीहरुको भविष्यको लागि त उतै बसेको राम्रो हुन्छ भन्ने सोच्छु किनकि नेपालमा आएर केहि गर्नु छैन, राम्रो काम नै पाइदैन त्यसैले नेपालमा भन्दा अष्ट्रेलियामा नै बसेको राम्रो हुन्छ। कहिले काहिँ भेटघाट गर्न मन लाग्यो भने म पनि अष्ट्रेलिया घुम्नको लागि जान्छु।

तपाई कहिँल्यै अष्ट्रेलिया जानुभएको छ?
अहिले सम्म गएको त छैन किनकि म पनि विदेश थिए नेपाल आएको बल्ल ६ महिना भयो, अब लकडाउन खुलेपछि चाहिँ छोरीहरुले बोलाए जाने सोच छ।

तपाइलाई अष्ट्रेलियाको के कुरा राम्रो र के नराम्रो लाग्छ?
म अष्ट्रेलिया गएको त छैन तर छोरीहरुले त्यहाँको बारेमा कुरा गरेको अनुसार चाहिँ सबै राम्रो छ। नराम्रो भन्नको लागि चाहिँ त्यहाँ गएर बस्नेहरु आफ्नो परिवारको साथमा हुन पाउदैनन यही हो।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाइलाई कस्तो लाग्छ?
नेपालमा बसेर पो के गर्ने होर आफुले सोचेको जस्तो काम नै पाइदैन बल्ल बल्ल काम पाइयो भने पनि दु:ख गरेको जस्तो पैसा नै पाइदैन त्यसैले पनि मलाई त विदेश तिर सेटल भएको नै राम्रो लाग्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केहि संदेश दिन चाहनुहुन्छ कि?
राम्रोसँग बस्नु आफ्नो ख्याल राख्नु भन्न चाहन्छु।