अष्ट्रेलियाको न्यू साउथ वेल्समा थप १२ संक्रमितको मृत्यु

0
42

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप १ हजार २ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यू साउथ वेल्समा १ लाख ३७ हजार ४ सय ९८ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा १ हजार २ सय ५९ र दुई जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो।

न्यू साउथ वेल्समा हाल १ हजार २ सय ४१ जना संक्रमित अस्पताल भर्ना भएका छन्, जसमध्ये २ सय ३४ जना आइसीयुमा उपचाररत छन्। त्यसैगरी पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएको छ।