अष्ट्रेलियाको भिक्टोरियामा सक्रिय संक्रमितको संख्या ४ हजार नाघ्यो, दुई संक्रमितको मृत्यु

0
36

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा थप ४ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ५४ हजार ६ सय ४९ जनामा कोरोना परिक्षण गरिएको थियो। ती मध्ये समुदाय स्तरमा ४ सय २३ जनामा संक्रमण पुष्टि भएको हो। योसंगै भिक्टोरियामा सक्रिय संक्रमितको संख्या ४ हजार ३८ पुगेको छ।

त्यसैगरी भिक्टोरियामा पछिल्लो २४ घण्टामा दुई जना संक्रमितको मृत्यु भएको छ।