अष्ट्रेलियाको भिक्टोरियामा थप ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि

0
50

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा थप ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ४२ हजार ६ सय ९४ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो। योसंगै भिक्टोरियामा सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ९९ पुगेको छ।