‘अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुमाथि भएका घटना सुन्दा नराम्रो लाग्छ, नेपालमै फर्किनु’

0
277

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरु संग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले बुटवल, मिलनचोक घर हुनुभएकी रुचिका पोख्रेल भुसालसंग कुराकानी गरेका छौं।

हजुरलाई कसले उपहार पठाइदिनुभएको हो?
मेरो भाइले पठाइदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो?
एकदमै खुसी लागेको छ। मेरो नानुको लागि मेरो भाइले पठाइदिएको हो।

तपाईंको भाइ अष्ट्रेलिया जानुभएको कति भयो?
३ वर्ष भयो मेरो भाइ अष्ट्रेलिया गएको।

भाइ अष्ट्रेलिया गएकोमा कस्तो लाग्छ?
राम्रो नै लागिरहेको छ। जा गए पनि काम नगरी खान छैन त्यो सबैलाई थाहा छ। केहि राम्रो सिप सिक्न राम्रो वातावारणमा गएर पढ्न खोजेर मात्र गएको हो खुसी नै लाग्छ।

चाडपर्वहरुमा भाइको कत्तिको सम्झना आउछ?
धेरैनै याद आउने गर्छ। मेरो भाइ टाढा छ कुरा त हुन्छ भए पनि साथमा भए जस्तो अल्लि नहुने रैछ। भाइ अल्लि जो संग पनि सजिलै घुलमिल हुन सक्ने खालको थियो, आफु पनि हासेरै बोल्ने र अरुलाई पनि हसाएरै बोल्ने खालको थियो त्यस्तो भएर पनि होला सम्झना बढीनै आउने गर्छ।

नेपाल फर्किए हुन्थ्यो जस्तो लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ?
मलाई त मेरो भाइ नेपालमा नै फर्किए आएको राम्रो नि अरुको देशमा गएर पसिना बगाउन भन्दा नेपालमै गरेको राम्रो लाग्छ। उसको सोच पनि छैन फेरी उतै बस्ने, दिदी म आफ्नो करियर बनाएर उतै नेपालमा आउने हो बस्नको लागि त भन्छ अहिले त पछिको कुरा हो अष्ट्रेलिया बस्दा बस्दै मन नफेरिए देखि आउछु नै भनेको छ र मलाई नि मन छ आए हुन्थ्यो भन्ने। सबै परिवारको साथमा बसेर आफ्नो आफ्नो काम गरेर बसेको हेर्ने रहर छ। त्यसैले नि होला अष्ट्रेलिया सेटल भएर नबसे कै राम्रो।

तपाई कहिँल्यै अष्ट्रेलिया जानुभएको छ?
गएको छैन र जाने सोच नि छैन अहिले त। मैले यही मेडिकलमा जागिर गर्छु मलाई यही ठिक छ नेपालमै बसेर नेपालीकै सेवा गर्ने लक्ष्य छ। पुरा पनि गर्दै छु यस्तो भनेर फेरी जादै नजानी पनि होइन भाइले घुम्नको लागि बोलायो भने गएर घुमेर आउछु उतै चाहिँ बस्दिन।

अष्ट्रेलियाको के कुरा राम्रो र के नराम्रो लाग्छ?
समाचारहरुमा सुनेकी छु धेरै घटनाहरु घटेको छ नेपाली बिद्यार्थीहरुलाई लगेर नेपालबाट अलपत्र पारेको कुरा। डर पनि लाग्छ कता कता आफ्नो मान्छेहरु छन् त्यही ठाउँमा। त्यही भएर पनि खासै केहि राम्रो लाग्दैन। मैले राम्रो कुरा छैन भन्दिन किन कि मैले नसुनेको पनि हुन सक्छ त्यसैले।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाइलाई कस्तो लाग्छ?
मलाई त जति जे भए पनि नेपालमै फर्किएको राम्रो। पैसा नै ठूलो होइन बाबु आमालाई हेर्न पर्छ। पिआर पाए भनेर उतै बस्न हुदैँन। मैले कति देखेकी छु नोकर राख्दिएका छौं बाबु आमालाई हेर्नको लागि भन्छन,आफ्नो छोरा छोरी बुहारीले गरे जस्तो मायाले स्याहार अरुले गर्दैनन्। बिरामी हुंदा हेर्नको लागि आफ्नै चाहिने रैछ। त्यो सबैलाई थाहा छ नै। सके सम्म आफ्नो ठाउँ आफ्नो परिवार बाट टाढा भएर कोहि खुसी हुन साकिदैन मुखले नभने पनि आफ्नो परिवारको झल्कोले सताउछ नै होइन र ! जान पर्छ घुम्न केहि ज्ञानका कुराहरु सिक्न तर उतै सेटल नहुनु भन्न चाहन्छु।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केहि संदेश दिन चाहनुहुन्छ कि?
सबैले आफ्नो ख्याल राख्नु मेरो भाइलाई धेरै सम्झना भन्न चाहन्छु।