‘अष्ट्रेलियाको वातावरणको त बयान गरेर सकिँदैन, त्यहाँ बस्दा स्वर्गै पुगेजस्तो आनन्द आयो’

0
100

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौं, गोंगबु घर हुनुभएकि सुमित्रा श्रेष्ठसँग कुराकानी गरेका छौं।

हजुरलाई कसले उपहार पठाइदिनुभएको हो?
मेरो एउटी मात्रै छोरी छिन्उ, नैले पठाईदिएकी हुन्।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो?
छोरीले टाढा भएर पनि यसरी मेरो लागि गिफ्ट सरप्राइज पठाईदिएकी रहेछिन्, धेरै खुसी लाग्यो।

तपाईको छोरी अष्ट्रेलिया जानुभएको कति भयो? उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
मेरो छोरी अष्ट्रेलिया गएको ४ वर्ष भयो। पहिला अष्ट्रेलियाको सिड्नीमा बस्थिन् अहिले चाहिँ तास्बनियामा बस्छिन्।

छोरी अष्ट्रेलिया गएकोमा कस्तो लाग्छ?
धेरै खुसी लाग्छ नि राम्रो ठाउँमा गएकी छिन्।

चाडपर्वहरुमा छोरीको कत्तिको सम्झना आउँछ?
धेरै याद आउँछ नि हजुर घरको एक्ली छोरी हुन् यति धेरै टाढा छिन् चाडपर्वमा आफ्नो नजिक पनि नहुदाँ त धेरै खल्लो लाग्छ।

नेपाल फर्किए हुन्थ्यो जस्तो लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ?
हामीलाई त नेपाल आएको नै राम्रो हुन्छ तर हामीले अष्ट्रेलिया जस्तो राम्रो ठाउँमा बसेको छोरीलाई नेपाल आऊ भन्न पनि मिल्दैन। अब उनलाई जहाँ बस्दा राम्रो लाग्छ त्यहीं बसेको राम्रो हुन्छ उनको खुसी नै हाम्रो खुसी हो।

तपाई कहिँल्यै अष्ट्रेलिया जानु भएको छ?
२ वर्ष अगाडी घुम्नको लागि गएको थिए, अब पछि पनि बोलाइन् भने जाने सोच छ।

तपाईंलाई अष्ट्रेलियाको के कुरा राम्रो र के नराम्रो लाग्छ?
सबै सुख सुविधा राम्रो छ, नेपालमा बसेको मान्छे अष्ट्रेलियामा बस्दा त मलाई स्वर्गमा बसेको जस्तो आनन्द भएको थियो। अष्ट्रेलियाको, सरसफाई त्यहाँको स्वच्छ वातावरणको बारेमा वयान गरेरै सकिदैन। नराम्रो भन्नको लागि अष्ट्रेलियाको बारेमा केहि पनि छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाइलाई कस्तो लाग्छ?
यो आफ्नो देश छोडेर अरु देशमा गएर सेटल हुनु चाहिँ राम्रो लाग्दैन मलाई। जे गर्नको लागि गए पनि त्यो काम गरेर पछि नेपाल नै फर्किएको राम्रो हुन्छ किनकि आफ्नो जन्म देश जन्मभुमि छोडेर अर्कैको देशमा गएर सेटल भएको त राम्रो हुदैन नि।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केहि संदेश दिन चाहनुहुन्छ कि?
सधै खुसी हुनु राम्रोसँग बस्नु।