अष्ट्रेलियाको न्यू साउथ वेल्समा थपिए १ हजार २ सय ६० नयाँ संक्रमित, २२२ जना आइसीयुमा

0
47

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा कोरोना भाइरसका १ हजार २ सय ६० जना नयाँ संक्रमित थपिएका छन् । सोमबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यू साउथ वेल्समा १ लाख ३७ हजार ६ सय ६८ जनामा कोरोना परिक्षण गरिएको थियो। ती मध्ये समुदाय स्तरमा १ हजार २ सय ५७ जना र तीन जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो।

न्यू साउथ वेल्समा हाल १ हजार १ सय ८९ जना संक्रमित अस्पताल भर्ना भएका छन्, जसमध्ये २ सय २२ जना आइसीयुमा उपचाररत छन्। त्यसैगरी न्यू साउथ वेल्समा हालसम्म ज्यान गुमाउने संक्रमितको संख्या २ सय ४० पुगेको छ।