अष्ट्रेलियाको भिक्टोरियामा थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि

0
48

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ४९ हजार ३७ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा ४ सय ७३ जनामा संक्रमण पुष्टि भएको हो। योसंगै भिक्टोरियामा सक्रिय संक्रमितको संख्या ३ हजार ५ सय ७ पुगेको छ।