‘अष्ट्रेलिया किन जानुपर्थ्यो र दाइ नेपालमै अवसर भए, तिहार आउँदा एकदमै नरमाइलो लाग्छ’

0
177

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले बुटवल, घर हुनुभएकी सुष्मा पौडेलसँग कुराकानी गरेका छौं।

हजुरलाई कसले उपहार पठाइदिनुभएको हो?
मेरो ठूलो दाई भाउजूले पठाइदिनुभएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो?
धेरै नै खुसी लाग्यो, मेरो लागि गिफ्ट सरप्राइज आएको थिए।

तपाईको दाई भाउजु अष्ट्रेलिया जानुभएको कति भयो? उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
दाई अष्ट्रेलिया जानुभएको ४ वर्ष भयो र भाउजू जानुभएको चाहिं २ वर्ष भयो। अष्ट्रेलियाको मेलबर्न, भिक्टोरियामा बस्नु हुन्छ।

तपाइलाई दाई भाउजु अष्ट्रेलिया गएकोमा कस्तो लाग्छ?
आफ्नो भविष्यको लागि राम्रो हुन्छ भन्ने सोच लिएर जानु भएको हो, उहाँहरु खुसी हुनुहुन्छ त्यसैले मलाई पनि खुसी लाग्छ।

चाडपर्वहरुमा दाई भाउजुको कत्तिको सम्झना आउँछ?
याद त अरु बेला पनि आउँछ तर धेरै चाहिँ चाडपर्वमा तिहारको बेलामा आउँछ। जे भए पनि तिहारको बेलामा आफ्नो दाई नजिक नहुदाँ त नरमाइलो लाग्छ।

नेपाल फर्किए हुन्थ्यो जस्तो लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ?
सेटल हुने भन्दा पनि २/४ वर्ष उतै बसेर नेपाल आएको राम्रो हुन्छ।

तपाई कहिँल्यै अष्ट्रेलिया जानु भएको छ?
नाई अहिले सम्म गएको छैन जान्छु भन्ने सोच पनि छैन।

तपाइलाई अष्ट्रेलियाको के कुरा राम्रो र के नराम्रो लाग्छ?
अष्ट्रेलियामा धेरै कुराको सुविधा छ,त्यहाँ सरकारले नेपालबाट पढ्न जाने विद्यार्थीलाई छात्रवृत्तिको राम्रो व्यवस्था पनि गराएको छ। नेपालमा पनि सबै कुरामा राम्रो व्यवस्था भएको भए किन नेपालीहरु अष्ट्रेलिया जान पर्थ्यो र। नराम्रो भन्नको लागि चाहिँ खासै केहि छैन, आफ्नो घर परिवारबाट टाढा बस्नु परेको हुन्छ यही हो।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाइलाई कस्तो लाग्छ?
यदी विदेशमा आफ्नो इच्छाले बस्न चाहनु हुन्छ भने त त्यो आफ्नो सोच राम्रो हुन्छ। नेपालमा केहि गर्नै नसकेर आफु बाध्यताले विदेश जानु परेको छ भने अर्काको देशमा गाह्रो हुन्छ। नेपालीहरु विदेश गएर सेटल भएको चाहिँ मलाई मन पर्दैन।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केहि संदेश दिन चाहनुहुन्छ कि?
धेरै धेरै धन्यवाद गिफ्टको लागि। मिस यु।