अष्ट्रेलियाको न्यू साउथ वेल्समा थप १ हजार २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

0
49

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप १ हजार २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यू साउथ वेल्समा १ लाख ५ हजार ५ सय ५ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा १ हजार २ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो।

न्यू साउथ वेल्समा हाल १ हजार २ सय ६ जना संक्रमित अस्पताल भर्ना भएका छन्, जसमध्ये २ सय २० जना आइसीयुमा उपचाररत छन्। त्यसैगरी न्यू साउथ वेल्समा हालसम्म २ सय ३३ संक्रमितको निधन भएको छ।