पपुवा न्युगिनीसँग नेपाल विजयी, सन्दिपले लिए ६ विकेट

0
68
alnªu ub}{ nfld5fg] sf7df8f}F, @^ df3 M sLlt{k'/l:yt lqlj lqms]6 d}bfgdf cfOtaf/ cfO;L;L ljZjsk lqms]6 lnu @ lqms]6 k|ltof]lutfcGtu{t cf]dfg / g]kfnaLrsf] lqms]6 v]ndf alnªu ub}{ g]kfnL /fli6«o l6dsf ;GbLk nfld5fg] . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

एजेन्सी । पपुवा न्युगिनीसँगको दोस्रो मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा नेपालको पुरुष टोली एक सय ५१ विजयी भएको छ । नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर १ बलमा अल आउट हुँदै ८२ रन मात्र बनाउन सक्यो ।

पीएनजीका लागि टोनी उराले १९ र चार्ल्स अमिनीले १६ रन बनाए । बलिङतर्फ नेपाली लेग स्पिनर सन्दीप लामिछानेले करिअरकै उत्कृष्ट प्रदर्शन गरे । ५ ओभर १ बल बलिङ गरेका सन्दीपले मात्र ११ रन दिएर ६ विकेट लिए ।

त्यस्तै सोमपाल कामी, विक्रम सोब र सुशन भारीले १/१ विकेट लिए । यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ४९ ओभर ३ बलमा अलआउट हुँदै दुई सय ३३ रन बनाएको हो । नेपालका लागि रोहित पौडेलले अर्धशतकीय पारी खेले ।

एक सय २३ बल खेलेका रोहितले ८६ रन बनाए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाउँदा करण केसीले २६ बलमा ४२ रनको योगदान गरे । बलिङतर्फ पीएनजीका चाद सोपरले तीन विकेट लिए । त्यस्तै नोरमन भानुआ र कबुआ मोरेले दुई/दुई विकेट लिए । यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपाल दुई विकेटले विजयी भएको थियो ।