‘अष्ट्रेलियामा छोरीले आफ्नो करियर बनाएकी छिन्, बुवाका लागि यही त हो ठूलो खुसी’

0
97

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम
बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो
महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन
कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौं, जोरपाटी घर हुनुभएका बद्रि प्रसाद घिमिरेसँग कुराकानी गरेका
छौं।

हजुरलाई कसले गिफ्ट पठाइदिनुभएको हो ?
मेरो छोरीले बुवाको मुख हेर्ने दिनको लागि पठाईदिएकी हुन्।

यसरी छोरीले पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?

बुवाको मुख हेर्ने दिन सम्झेर मेरो लागि यसरी उपहार पठाएकी रहेछिन् धेरै खुसि लाग्यो हजुर।

कुन देशबाट पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट पठाईदिएकी हुन्।

उहाँसंग टाढा बस्नुपर्दा कस्तो लाग्छ ?
छोरीसँग टाढा हुदाँ त कसलाई खुसि लाग्ला र, छिट्टै भेट्न पाए हुन्थ्यो भन्ने लाग्छ।

उहाँ सानो छँदाको के कुरा बढी याद आउँछ ?
उनले कामहरुमा सघाई दिएको धेरै याद आउँछ।

उहाँ भविष्यमा के बने हुन्थ्यो भन्ने चाहना राख्नुभएको थियो ?
पढेर राम्रो काम गरुन् भन्ने चाहना थियो, ठिकै छ राम्रो गरेकी छिन।

अहिले उहाँको काम, करियर देख्दा कस्तो महसुस हुन्छ ?
बिएससी नर्सिङ्ग पढेर गएकी हुन् उनलाई राम्रो भईरहेको छ, त्यसैले उनको करियर देख्दा मलाई पनि खुसी
लाग्छ।

नेपालमै आएर गरेको देख्न चाहनुहुन्छ कि, विदेशमै भएपनि ठीक छ भन्ने लाग्छ ?
उतै ठिक छ किनकि नेपालमा बिएससी नर्सिङ्गको लागि खासै केहि राम्रो छैन। काम भयो भने पनि राम्रो
पैसा छैन, त्यसैले अष्ट्रेलिया नै भएको ठिक छ।

तपाईं कहिल्यै उहाँ बसेको देशमा जानुभएको छ ? जानुभएको भए के कुरा राम्रो, के कुरा नराम्रो लाग्यो ?
२०७६ सालमा ६ महिना अस्ट्रेलिया बसेर घुमेर नेपाल आएको थिए। नेपालको भन्दा अष्ट्रेलियाको सबै कुरा
राम्रो छ त्यहाँको सुख सुविधा धेरै ठिक लाग्यो मलाई।

चाडपर्वमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाडपर्वमा मात्रै नभएर अरु बेला पनि धेरै सम्झना आउँछ नि छोरीको त, तर बढी चाहिँ चाडपर्वमा नै आउँछ
आफ्नो छोरी साथमा नहुदाँ त चाडपर्व नै खल्लो लाग्ने रहेछ।

उहाँको के कुरा सबैभन्दा बढी याद आउँछ ?
उनले मेरो ख्याल राखेको कुरा एकदमै धेरै याद आउने गर्छ।

उहाँलाई केही संदेश दिन चाहनुहुन्छ ?
राम्रोसँग पढ्नु र खुसी साथ काम गर्नु, आफ्नो ख्याल राख्नु।