‘अष्ट्रेलियाबाट पनि बुवाको मुख हेर्ने दिनमा सम्झेकी छिन् छोरीले, तर पनि संगै नहुँदा खल्लो लाग्छ’

0
59

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौं, जोरपाटी घर हुनुभएका अच्युत प्रसाद चौलागाईंसँग कुराकानी गरेका छौं।

हजुरलाई कसले गिफ्ट पठाइदिनुभएको हो ?
मेरो कान्छी छोरीले पठाईदिएकी हुन्।

यसरी छोरीले पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
यसरी बुवाको मुख हेर्ने दिन सम्झेर उपहार पठाई दिएकी छन्, खुसी लागेको छ।

कुन देशबाट पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट पठाईदिएकी हुन्।

उहाँसंग टाढा बस्नुपर्दा कस्तो लाग्छ ?
छोरी खुसी छिन् त्यसैले हामी पनि खुसी छौं।

उहाँ सानो छँदाको के कुरा बढी याद आउँछ ?
उनि सानो हुदाँ को सबै कुरा याद आउँछ।

उहाँ भविष्यमा के बने हुन्थ्यो भन्ने चाहना राख्नुभएको थियो ?
छोरीले राम्रो उन्नति गरुन भन्ने चाहना राखेको थिए, अहिले राम्रो नै गरेकी छिन्।

अहिले उहाँको काम, करियर देख्दा कस्तो महसुस हुन्छ ?
राम्रो र खुसीको महसुस हुन्छ।

नेपालमै आएर गरेको देख्न चाहनुहुन्छ कि, विदेशमै भएपनि ठीक छ भन्ने लाग्छ ?
नेपालमै आएर गरेको देख्न चाहन्छु किनकि नेपालमा सबै आफन्ती सँगै बस्ने भने राम्रो र आफुलाई पनि सजिलो हुन्छ।

तपाईं कहिल्यै उहाँ बसेको देशमा जानुभएको छ ?
छैन गएको, छोरी अष्ट्रेलिया गएको त बल्ल २ वर्ष भयो।

चाडपर्वमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाडपर्वहरुमा त धेरै सम्झना आउँछ नि हजुर, घरको छोरी चाडपर्वमा आफ्नो नजिक नहुदाँ त चाडपर्व मनाएको जस्तो पनि लाग्दैन।

उहाँको के कुरा सबैभन्दा बढी याद आउँछ ?
सँगै बसेर खाना खाएको, गफ गरेको जस्ता कुराहरु बढी याद आउँछ।

उहाँलाई केही संदेश दिन चाहनुहुन्छ ?
आफ्नो करियर बनाउदैं उन्नति प्रगति गर।