अष्ट्रेलियामा बुवाको मुख हेर्ने दिन आउँदा खल्लो लागेको छ, नेपालमा संगै हुँदा मनाउने चलन थिएन

0
134

घर परिवारसंग टाढा हुँदा परिवारको याद आउनु स्वाभाविक हो। अझ विशेष दिन र चाडपर्वमा टाढा रहँदा खल्लो महसुस हुन्छ। हिमालयन कंगारुले यो खल्लोपनलाई केही हदसम्म कम गर्ने उद्देश्यका साथमा ‘बुवाको सम्झना’ विशेष स्तम्भ सुरु गरेको छ। यो स्तम्भ आउंदै गरेको कुशे औंसी अर्थात बुवाको मुख हेर्ने दिनको अवसरमा तयार पारिएको हो। यसपाली बुवाको मुख हेर्ने दिन भदौ २२ (सेप्टेम्बर ७) मा परेको छ।

यसै सन्दर्भमा अष्ट्रेलियाको सिड्नी,अर्बनमा बसोवास गरिरहनुभएका आशिष भुसालसंगको विशेष कुराकानी :

अष्ट्रेलिया आउनुभएको कति भयो? हाल के गर्दै हुनुहुन्छ ?
म आएको ४ वर्ष भयो। अहिले पढाई सकेर काम गर्दै छु।

नेपालमा हजुरको घर कहाँ हो ? यसरी टाढा बस्दा परिवारको कत्तिको सम्झना आउँछ ?
घर अर्घाखाँची हो। परिवारको त हरेक समयमा सम्झना आउँछ,आफुँ जन्मेको गाउँको साथीहरुको र आफ्नो बुवा आमाको त झन बढी याद आउने गर्छ।

बुवाको मुख हेर्ने दिन आउँदैछ, बुवालाई कसरी सम्झिन चाहनुहुन्छ ?
पहिला मलाई खासै थाहा थिएन त्यसैले अहिले पहिलो पटक बुवाको मुख हेर्ने दिन विशेष गराउन चाहन्छु। बुवालाई मुख हेर्ने दिनको लागि गिफ्ट पठाएर फोन गरेर सम्झिन चाहन्छु।

योभन्दा अगाडी बुवाको मुख हेर्ने दिनमा कहिले बुवासंग संगै हुनुहुन्थ्यो ?
पहिला नेपालमा हुदाँ बुवासँगै थिए तर मनाउने भन्ने कुरा थाहा थिएन। अष्ट्रेलिया आएपछि बुवाको मुख हेर्ने दिन मनाउनको लागि कहिल्यै साथ छैन।

बुवासंग बिताएको सबैभन्दा अविस्मरणीय क्षण बताइदिनुहोस् न !
बुवाले म सानो हुदाँ मैले चकचक गरेको भएर पिटेर म रोइसके पछि मलाई चकलेट दिएर आफैले फकाउनु हुन्थ्यो यो कुरा मेरो लागि अविस्मरणीय क्षण बनेको छ। म आज जे छु बुवाकै कारण छु मेरो सफलताको प्रतिक भनेकै मेरो बुवा हुनुहुन्छ।

बुवाको लागि के गर्नपाए हुन्थ्यो जस्तो लाग्छ ?
मैले जे गर्छु बुवा आमाको इच्छा पुरा गर्न पाए हुन्थ्यो भन्ने लाग्छ। उहाँहरुको सानो सानो कुरामा ख्याल राख्ने जिम्मेवारी त मेरो नै हो त्यसैले सबै सुख दुखमा साथ दिन पाउँ भन्ने लाग्छ। हरेक कामको सफलताको लागि मलाई मेरो बुवाको हौसला मिल्छ।

हुर्किंदै जाँदा, बुवाको खाँचो कत्तिको महसुस हुँदोरहेछ ?
यहाँ एक्लै हुदाँ बुवा आमासँगै हुन पाएको भए भन्नि हुन्छ र एक्लै बसेर खाना खादाँ पनि घरमा सबै परिवार सँगै बसेर खाना खाएको गफ गरेको, एक्लै हुदां धेरै नै याद आउँछ र बुवा आमा साथमा भइदिएको भए भन्ने हुन्छ।

बुवालाई केही विशेष संदेश दिन चाहनुहुन्छ ?
लभ यु ड्याड, आफ्नो ख्याल राख्नु र सधै खुसी हुनु भन्न चाहन्छु।