नेपालमा पछिल्लो २४ घन्टामा १०८९ जनामा संक्रमण पुष्टि,२० जनाको मृत्यु

0
172

नेपालमा पछिल्लो २४ घन्टामा १०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। परिक्षण गराएका ७ हजार ९ सय ७१ जना मध्ये १ हजार ८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा २० जना संक्रमणका कारण मृत्यु भएको छ।  साथै १५ सय ३४ जना निको भएका छन्। अहिले देशभर ३१ हजार २ सय ४८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले पुष्टि गरेको छ।