अष्ट्रेलियाबाट बुवालाई संदेश: हाम्रा लागि आफूबाट यति टाढा पठाउनुभएको छ, हजुरलाई पनि सबै खुसी दिनेछु

0
465

घर परिवारसंग टाढा हुँदा परिवारको याद आउनु स्वाभाविक हो। अझ विशेष दिन र चाडपर्वमा टाढा रहँदा खल्लो महसुस हुन्छ। हिमालयन कंगारुले यो खल्लोपनलाई केही हदसम्म कम गर्ने उद्देश्यका साथमा ‘बुवाको सम्झना’ विशेष स्तम्भ सुरु गरेको छ। यो स्तम्भ आउंदै गरेको कुशे औंसी अर्थात बुवाको मुख हेर्ने दिनको अवसरमा तयार पारिएको हो। यसपाली बुवाको मुख हेर्ने दिन भदौ २२ (सेप्टेम्बर ७) मा परेको छ।

यसै सन्दर्भमा अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका दिपक सापकोटासंगको विशेष कुराकानी :

अष्ट्रेलिया आउनुभएको कति भयो ? हाल के गर्दै हुनुहुन्छ ?
१४ वर्ष भयो। म अहिले पढाई साथै काम पनि गर्दैछु र खुसी नै छु।

नेपालमा हजुरको घर कहाँ हो ? परिवारको कत्तिको सम्झना आउँछ ?
बुटवल, मणिग्राम हो। आफ्नो परिवारको सम्झना त आउँछ नि धेरै नै। विशेष गरि बुवा आमाको दिन दिनै धेरैनै याद आउने गर्छ।

बुवाको मुख हेर्ने दिन आउँदैछ, बुवालाई कसरी सम्झिन चाहनुहुन्छ ?
बुवा प्रति माया र सम्मान प्रकट गर्दै बुवालाई गिफ्ट र चकलेट पठाएर सम्झिने छु, अहिले चाहिँ मैले। आफ्नो जिम्मेवारी त छँदै छ सधैँ। घुम्न पनि आउनु भएको थियो अष्ट्रेलिया। हामीले गर्नुपर्ने जति सकेको जति बेला पनि गर्नेछौं।

योभन्दा अगाडी बुवाको मुख हेर्ने दिनमा कहिले बुवासंग संगै हुनुहुन्थ्यो?
थिएँ म, धेरै रमाइलो हुन्थ्य। अहिले त टाढा छु।

बुवासंग बिताएको सबैभन्दा अविस्मरणीय क्षण बताइदिनुहोस् न!
मलाई चकलेट धेरै नै मन पर्थ्यो, त्यसैले आफू बाहिर कतै गएर आउँदा बुवाले मलाई चकलेट, केक ल्याइदिने गर्नुहुन्थ्यो। यो मेरो लागि कहिल्यै बिर्सिन नसकेको पल नै हो भन्नुपर्छ।

बुवाको लागि के गर्नपाए हुन्थ्यो जस्तो लाग्छ?
हामीलाई हाम्रो करियर बनाउन आफूबाट यति टाढा धेरै मेहनत गरेर पठाउनुभएको छ। हामीलाई गरे जति त गर्न नसकुला तर केहि कुराको कमी महसुस नहोस्। मेरो साथ सधैँ राम्रो र मिठो होस्। टाढा भए पनि धेरै खुसी गराउन पाए हुन्थ्यो भन्ने लाग्छ।

हुर्किंदै जाँदा, बुवाको खाँचो कत्तिको महसुस हुँदोरहेछ ?
म चाहिँ मेरो बुवा आमाको एउटा मात्र छोरो हो त्यही भएर पनि मलाई मेरो बुवा साथी जस्तो भएर धेरै कुरामा सहयोग गर्नुहुन्थ्यो। संगै बसेको, खाएको, फिलिम हेरेको, गफ गरेको धेरै नै याद आउने गर्छ।

बुवालाई केही विशेष संदेश दिन चाहनुहुन्छ ?
कोभिडको बेला छ, आफ्नो स्वास्थ्यको राम्रो ख्याल गर्नुहोला भन्न चाहन्छु।

Are you Planning to Study or settle in Australia ? If yes, Just Click Here and fill this form.