अझै सम्पर्कमा आइनन् बिना

0
56

भरतपुर- पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटाको खोजी कार्य जारी रहे पनि अझै सम्पर्कमा आउन सकेकी छैनन् ।

गैंडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्ष पढ्ने बिना उनका प्रेमी भनिने प्रबेश कँडेलसँगै बाइक चढेर असार १४ गते निस्कीएकी उनि दुई महिना बितिसक्दा पनि अज्ञात रहेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीका अनुसार जल र स्थल दुबैमा खोज्ने कार्य जारी रहेको जनाउदै अहिले सम्म पत्ता लाग्न नसेको बताए । उनले खोजी कार्य जारी रहेपनि नारायाणी नदि किनार सम्म पुगेको सिसीटिभी फुटेजको दृश्य नै अन्तीम दृश्य रहेको बताए ।

भरतपुर–४ यज्ञपुरीका युवक प्रबेश कँडेलसँग उनी प्रेम सम्वन्धमा रहेकी थिईन । कँडेल अर्कै केटि संग लागेको शंका लागेपछि उनिहरुको सम्बन्धमा खटपट सुरु भएको थियो ।

प्रहरीले प्रबेश कँडेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरे पनि अनुसन्धानबाट बिनाको अबस्था पत्ता लाग्न सेकेको छैन । दुई महिना बितिसक्दा पनि छोरीको अबस्था थाँहा नहुदा परिवारमा समेत चिन्ता थपिएको छ । परिवार बिना आउने आसमा बसीरहेका छन् ।