‘अष्ट्रेलिया आउँदा प्लस टु सकेर आउँदा सजिलो हुन्छ, धेरै पैसा कमाउँछु भन्ने सोंच नराख्नुहोला’

0
94

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको मेलबर्नमा बसोवास गरिरहनुभएका बिपिन जीसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो? अष्ट्रेलिया कहिले आउनुभएको हो?
चितवन, मिलनचोकमा हो। ४ वर्ष भयो म अष्ट्रेलिया आएको।

नेपालमा कुन लेभलको पढाइ सकेर आउनुभएको हो?
+२ सम्मको पढाई सकेर अष्ट्रेलिया आएको हो।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ?
पढाई साथै काम गर्दै छु।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो?
नेपालमा हुँदा सजिलै काम गरेर धेरै पैसा कमाउँछु भन्ने थियो तर अष्ट्रेलिया आएपछि थाहा भयो धेरै कुरामा गाह्रो हुने रहेछ जस्तै: पाउन, पढ्न आउनेलाई रूमको भाडा अनि काम गर्ने ठाउँ र बस्ने ठाउँ नजिक मिल्दैन साधन लिनु पर्छ। सबै सुरुमा व्यवस्थापन गर्न गाह्रो नै हुने गर्छ। नेपालमा त्यो सबै सोचेर आउने कमै हुनुहुन्छ होला सायद।

काम पाउन कत्तिको गाह्रो भयो?
मलाई त खासै गाह्रो पनि भएन किनकी मेरो आफन्त हुनुहुन्थ्यो। काम खोज्नको लागि पनि उहाँहरुले मलाई धेरैनै सहयोग गर्नुभएको थियो ।

अष्ट्रेलियामा बस्दाका सकारात्मक कुराहरु के-के हुन्?
आफ्नो परिवारलाई खुसी राख्ने के गर्न पर्ने रहेछ, टाढा भए पछि सबैको महत्त्व हुने रहेछ धेरै कुरा प्रति जिज्ञासा सिर्जना भयो।

अष्ट्रेलियामा बस्दाका नकारात्मक कुराहरु के-के हुन्?
साथीभाइ, घर परिवारसंग टाढा भएर बस्नु परेको छ।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई?
ठिकै लाग्छ।यहां आएपछि फेरिन्छन् धेरै कुरामा तर केहि पर्दा चाहिँ सहयोग गर्ने गर्छन्। कोभिडको समयमा धेरैले खानेकुरा बाड्ने पनि गर्नु भएको थियो त्यसैले पनि राम्रो लाग्यो।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ?
अष्ट्रेलिया आउने वातावरण मिलाउनु भएको छ त्यसको लागि धन्यवाद! नेपालीहरुलाई आपत पर्दा पनि सहयोग गर्दिनु भन्न चाहन्छु।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ?
आउँछ नि किन नआउने। विशेष गरि आमाको र बुवाको मुख हेर्ने समयमा धेरै आउने गर्छ। कामबाट थाकेर रूममा आएर खाना बनाउनु पर्दा अनि अरु चाडपर्वहरुमा पनि धेरै नै याद आउँछ ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो?
आफ्नो लागि आफै गर्न पर्दो रहेछ, आफ्नो खुट्टामा उभिएर केहि गर्नु छ भने घर परिवारसंग टाढा भए मात्र गर्न सकिने रहेछ।

अष्ट्रेलिया आउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ?
सकेसम्म +२ सकेर आउनु। नेपालमै धेरै पढेर आउँदा अष्ट्रेलिया आए पछि पढ्न खोजेको नमिल्न पनि सक्छ फेरी सुरु बाट पढ्न गाह्रो हुन्छ त्यसैले। सानै उमेरमा आउँदा सुरुमा गाह्रो त हुन्छ केहि समय तर पछिलाई राम्रो छ। किनकि +२ पढेर आउदा एउटा बाटो रोज्न पहिल्यै सकिन्छ के कुरामा राम्रो हुन्छ भन्ने विषयमा।

अष्ट्रेलिया आउन चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ?
अहिले त कोभिडको बेला छ धेरै बुझेर खुलेपछि मात्र पठाउनु । पढ्नको लागि धेरै राम्रो छ अष्ट्रेलिया भन्न चाहन्छु।

Are you Planning to Study or settle in Australia ? If yes, Just Click Here and fill this form.