काठमाडौं। बलिवुड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ। भारतीय मिडियाका अनुसार, उनको हृदयघातका कारण निधन भएको हो।
४० वर्षीय सिद्धार्थ शुक्ला बिग बोसको सिजन १३ का विजेता समेत बनेका थिए। त्यसअघि भारतीय टेलिफिल्म बालिका बधु मार्फत सिद्धार्थ शुक्लाको लोकप्रियता चुलिएको थियो।
भारतीय मिडियाले जनाए अनुसार, राती उनी औषधी खाएर सुतेका थिए , त्यसपछि ब्युँझीएनन्। तर कुन औषधी सेवन गरेका थिए भन्ने खुलिसकेको छैन। अहिले उनको शव मुम्बइको कपुर अस्पतालमा राखिएको छ र पोस्टमार्टम गरिने बताइएको छ ।