अष्ट्रेलियामा शनिबार तास्मानिया नेपाली समाजको तीज विशेष कार्यक्रम

0
161

होबर्ट। अष्ट्रेलियामा नेपाली सोसाइटी अफ तास्मानियाले तीज विशेष कार्यक्रमको आयोजना गरेको छ। आउँदै गरेको हरितालिका तीजको अवसरमा संस्थाले शनिबार भव्य कार्यक्रमको आयोजना गरेको हो।

नेपाली कला संस्कृतिको जगेर्ना संगै नेपाली समुदायमा एकता र सद्भाव बढाउनका लागि कार्यक्रमको आयोजना गरिएको नेपाली सोसाइटी अफ तास्मानियाले जनाएको छ। संस्थाले कार्यक्रममा सहभागी भई हर्ष-उल्लासका साथ तीज मनाउन नेपाली समुदायलाई आग्रह गरेको छ।

तीज विशेष कार्यक्रम ४ सेप्टेम्बरमा दिउँसो तीन बजेदेखि राती ८ बजेसम्म हुनेछ। कार्यक्रममा एनआरएनए अष्ट्रेलियाले सहकार्य गरेको छ। यसपालीको हरितालिका तीज सेप्टेम्बर ९ मा परेको छ।