‘अष्ट्रेलियाको वातावरण र सरसफाई देख्दा स्वर्गै पुगेको जस्तो आनन्द लाग्यो’

0
294

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले बिराटनगर-११ घर हुनुभएकी गोमा चालिसेसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो?
मेरो कान्छो छोराले पठाइदिएको हो मलाई।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
खुसी लाग्यो धेरै नै। अष्ट्रेलियाबाट यसरी सम्झेर पठाइदिएको रहेछ,राम्रो लाग्यो एकदमै।

तपाईंको छोरा अष्ट्रेलिया जानुभएको कति भयो? उहां अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ,तपाईंलाई थाहा छ ?
छोरा अष्ट्रेलिया गएको १२/१३ वर्ष भईसक्यो। अष्ट्रेलियाको मेलबर्नमा बस्छ।

छोरा अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ?
खुसी लाग्छ। पढेर अहिले काम गर्दै छ,राम्रो गरिरहेको छ। अहिलेसम्म उसको लागि राम्रो भईरहेको छ, त्यो भन्दा अरु के नै चाहियो र होइन र ! हामी सबै परिवार खुसी नै छौं।

चाडपर्वहरुमा छोराको कत्तिको सम्झना आउँछ?
आउँछ नि। आफ्नो छोरा आफूबाट टाढा भएपछि कसलाई याद आउंदैन होला र। चाडपर्वमा मात्रै नभएर अरु बेला पनि याद आउँछ,मिठो नमिठो खाएको,संगै रमाएको धेरै नै याद आउँछ।

नेपाल फर्किएहुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मलाई त आफ्नो छोरा घर फर्किएको नै राम्रो लाग्छ। अब आफ्नो करियर बनाउन गएको छ, उनीहरुले आफ्नो करियर बनाएर साथै हाम्रो लागि पनि केहि सोचेर फर्किएको राम्रो। हामी बाबु आमा घरमा छौं सबै यतै भएपछि मेरो कान्छो छोरो पनि हाम्रै साथमा भएको राम्रो नि, जे जस्तो भए पनि आफु जन्मेको ठाउँ भुल्न हुँदैन भन्ने लाग्छ मलाई त।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
एकचोटी घुम्नको लागि गएको छु, धेरै राम्रो लाग्यो मलाई।

तपाईंलाई अष्ट्रेलियाको के कुरा राम्रो र के नराम्रो लाग्छ ?
सबै राम्रो थियो,त्यहाँको खानपिन,हावापानी,वातावरण स्वच्छ थियो। नेपालमा जस्तो दुषित हावा छैन। त्यहाँ जताततै फर्केर हेर्दा छुट्टै आनन्द छ। त्यहाँको वातारण र सरसफाई देखेर स्वर्ग गएको जस्तो आनन्द आउँछ। नेपालमा बसेर अष्ट्रेलिया गएका मान्छे छिटै फेरिनु त्यही बस्न खोज्नुको कारण नै त्यहाँको त्यो वातावरण देखेरै होला जस्तो लाग्छ। नराम्रो भन्ने खासै केहि छैन ।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ?
विदेश गएर सेटल भएको राम्रो हो। तर जति जे भएपनि आफू जन्मेको ठाउँ जस्तो चाहिँ हुदैन, विदेश गएर उतै सेटल भएपनि नेपालीहरुले आफ्नो संस्कृति भुल्दैनन राम्रो लाग्छ मलाई खुसी लाग्छ। जस्तो ठाउँमा गएर बसेपनि आफ्नो चाडपर्वहरु मनाईरहेका हुन्छन्,आफ्नो रितिरिवाज बिर्सिदैनन। त्यो देखेर मलाई नेपाली हुनुमा गर्व पनि लाग्यो, जतिसुकै व्यस्त भएपनि नेपालीपनलाई भुल्न नसकिने रहेछ, खुसी पनि लाग्यो।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केहि संदेश दिन चाहनुहुन्छ कि?
सम्पूर्ण मेरो आफन्तिलाई मिठो र न्यानो सम्झना छ, जहाँ बसेपनि नेपालीपन कहिल्यै नभुल्नु। नेपाल प्रति माया देखाईराख्नु भन्न चाहन्छु। त्यसैले पनि मुख्य कुरा आफ्नो शरीरको ख्याल राखेर काम गर्नु कोभिडको बेला छ।