नेपाली सोसाइटी अफ तास्मानियाद्वारा दुई दिने रक्तदान कार्यक्रमको आयोजना

0
243

अष्ट्रेलियाको तास्मानिया राज्यमा नेपाली संस्थाद्वारा रक्तदान कार्यक्रम आयोजना हुनेभएको छ। तास्मानियामा रहेका नेपालीहरुको साझा संस्था नेपाली सोसाइटी अफ तास्मानियाले दुई दिने रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

नेपाली सोसाइटी अफ तास्मानियाले नियमित रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएकोमा यो पटक आगामी अगष्ट २७ र २८ तारिखमा रक्तदान गरिनेछ। यो दुई दिने रक्तदान कार्यक्रममा बीस जनाका लागि सिट उपलब्ध रहेको छ। इच्छुक दाताहरुको संख्या बीसभन्दा बढी भएका अर्को पटकका लागि बुकिङ्ग गर्न सकिने आयोजक संस्थाले जनाएको छ।

रगतको अभावको समाधानमा थोरै भए पनि सहयोग हुने साथै कोभिड महामारीले गर्दा रगत अभाव हुनसकने स्थिति रहेकोले केहि सहयोग पुग्ने अपेक्षाका साथ कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष खगेन्द्र सत्यालले बताउनुभएको छ। इच्छुक रक्तदाताले २० अगष्टसम्ममा नाम दर्ता गराइसक्नुपर्नेछ। रक्तदानका लागि आफूले अपोइण्ट्मेण्ट लिएको समयमा भेन्युमा पुगेर सुरक्षित सामाजिक दूरी कायम राख्न मद्दत गर्नुपर्दछ।

नाम दर्ता गर्नाका लागि यो लिंकमा क्लिक गर्नुहोस् >> https://docs.google.com/forms/d/e/1FAIpQLSewzLQ6qfiHNZQw0tk9PmMdyLh25o8-ojMfjCLK5y-OYK-4uQ/viewform