अष्ट्रेलियाको न्यू साउथ वेल्समा थप २८५ जनामा कोरोना संक्रमण पुष्टि, थप १ जनाको मृत्यु

0
85

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यू साउथ वेल्समा १ लाख ३३ हजार ८ सय ४० जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा २ सय ८३ जना र २ जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो।

न्यू साउथ वेल्समा ३४९ जना संक्रमित अस्पताल भर्ना भएका छन्। ती मध्ये ६७ जना आइसीयुमा छन्। त्यसैगरी न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा एक जना ९० वर्षिया संक्रमित महिलाको मृत्यु भएको छ। योसंगै यहाँ कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८५ पुगेको छ।