‘अष्ट्रेलियाले नेपालमा गर्दै नगरेको काम पनि गर्न सिकायो, पैसाको महत्त्व बुझाइदियो’

0
1059

नेपालबाट स्टुडेन्ट भिसामा अष्ट्रेलिया आएका युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलिया सिड्नीमा बसोवास गरिरहनु भएका आशिष महर्जनसंगको कुराकानी प्रस्तुत गरेका छौ।

नेपालमा तपाईंको घर कहाँ हो ? अष्ट्रेलिया कहिले आउनुभएको हो ?
मेरो घर ताहाचल , काठमाडौँमा हो। ४ वर्ष अगाडी अष्ट्रेलिया आएको हो ।

नेपालमा कुन लेभलको पढाइ सकेर आउनुभएको हो ?
नेपालमा +२ सकेपछि यहाँ एकाउण्टिङ्ग पढ्न आएको हूँ।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ ?
अहिले पीआर को लागि एप्लाई गरेर बसेको छु।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
काम गर्न एकदमै रमाइलो लाग्छ मलाई।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
सोचेको जस्तो हुदैन , नेपालको भन्दा यहाँको जीवनशैली एकदमै फरक छ।

काम पाउन कत्तिको गाह्रो भयो ?
खासै गाह्रो भएन , सिभि(व्यक्तिगत विवरण ) बलियो बनाएँ अनि काम पाईहाले। आफू अपडेट हुने, सम्बन्ध विस्तार गर्ने, सिभि बलियो बनाउने र कुनै सिप सिकेर आउने हो भने सजिलो हुन्छ ।

अष्ट्रेलियामा बस्दाका सकारात्मक कुराहरु के -के हुन् ?
यहाँको पढाईको सिस्टम एकदमै राम्रो छ। आफूमा आत्मनिर्भर हुन सकिन्छ।

अष्ट्रेलियामा बस्दाका नकारात्मक कुराहरु के-के हुन् ?
काम गर्दा समय बितेको थाहा नै हुँदैन, जसले गर्दा परिवारलाई समय दिन सकिदैन, फ्री भएर बस्न पाइंदैन।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ?
ठिकै हुनुहुन्छ।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
धेरै याद आउँछ। सबैजना संगै सुख-दु:ख साटेर बसेको, अहिले एक्लै बस्न परेको छ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
नेपालमा गर्दै नगरेको काम पनि गर्न सिकायो। पैसाको महत्व सिकायो। आत्मनिर्भर हुन सिकायो।

अष्ट्रेलिया आउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
पढ्नको लागि अष्ट्रेलिया आउनुहुन्छ भने पैसालाई धेरै ध्यान नगर्नु भए हुन्छ , पढाई तिर धेरै ध्यान दिनुहोला।

अष्ट्रेलिया जान चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
छोराछोरी अष्ट्रेलिया आउन चाहन्छन भने सपोर्ट गरिदिनु होला।

Are you Planning to Study or settle in Australia ? If yes, Just Click Here and fill this form.