अष्ट्रेलियाको न्यू साउथ वेल्समा कोरोना संक्रमणका कारण २० वर्षीय युवकको मृत्यु

0
144

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्समा कोरोना संक्रमणका कारण बीस वर्ष उमेर समूहका युवकको मृत्यु भएको छ। वेस्टर्न सिड्नीका ती युवकको मंगलबार मृत्यु भएको हो।

बुधबार बिहानको पत्रकार सम्मेलनमा युवकको मृत्यु बारे जानकारी गराइएको थियो। ती युवक कोरोना संक्रमणका कारण घरमै आइसोलेसनमा थिए। घरमै रहेतापनि उनको नियमित स्वास्थ्य जाँच भइरहेको थियो। तर आइसोलेसनको १३औं दिनमा उनको अचानक मृत्यु भयो। ती युवकले कोरोना भ्याक्सिन विरुद्धको खोप नलिएको बताइएको छ।

न्यू साउथ वेल्स राज्य सरकारले यो घटनाबाट सबैले सिक्नुपर्ने र कोभिडले कुनै पनि उमेर समूहको व्यक्तिको ज्यान खतरामा पार्न सक्ने बताउँदै सबैलाई सचेत रहन आग्रह गरेको छ।