अष्ट्रेलियाको न्यू साउथ वेल्समा थप २३४ जनामा कोरोना संक्रमण पुष्टि

0
83

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्समा थप २३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यू साउथ वेल्समा १ लाख ५ हजार ५ सय ७८ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा २ सय ३३ जनामा र एक जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो।

न्यू साउथ वेल्समा हाल २८६ जना संक्रमित अस्पताल भर्ना भएका छन्। ती मध्ये ५३ जना आइसीयुमा उपचाररत छन्। त्यसैगरी मृत्यु हुनेको संख्या ७२ पुगेको छ।