अष्ट्रेलियाको भिक्टोरियामा आज शुन्य नयाँ संक्रमित

0
67

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा आज कोरोना भाइरसका नयाँ संक्रमितको संख्या शुन्य रहेको छ। समुदाय स्तरमा संक्रमण र त्यसपछिको लकडाउन पछि आज शुन्य नयाँ संक्रमण देखिएकोमा भिक्टोरियामा खुसी छाएको छ।

बुधबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ३० हजार १ सय १७ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये कसैमा पनि संक्रमण देखिएन। भिक्टोरियामा हाल ९९ जना सक्रिय संक्रमित रहेका छन्।