न्यू साउथ वेल्सद्वारा ४९१ रिजनल भिसाका लागि आवेदन खुल्ला

0
1074

सिड्नी। न्यू साउथ वेल्स राज्यले स्किल्ड वर्क रिजनल (प्रोभिजनल) भिसा (सबक्लास ४९१) का लागि आवेदन खुल्ला गरेको छ। आवेदकहरु मध्येबाट छानेर राज्यले इन्भिटेसन दिनेछ। नयाँ नियम अनुसार, इन्भिटेसन मार्फत भिसाका लागि नोमिनेसन जारी गरिनेछ।

आवेदकहरुलाई तीन भागमा वर्गीकरण गरिएको छ। पहिलोमा न्यू साउथ वेल्सको रिजनल क्षेत्रमा बसोवास र काम गरिरहेकाहरु रहेका छन्। त्यसैगरी, दोस्रोमा न्यू साउथ वेल्सको रिजनल क्षेत्रमा पढाइ पूरा गरेका रहेका छन् भने तेस्रोमा न्यू साउथ वेल्सको रिजनल क्षेत्रमा माग रहेको पेशाका दक्ष व्यक्तिहरु रहेका छन्। यी तीन वर्गमा पर्ने व्यक्तिले आवेदन दिन सक्नेछन्।

यो आर्थिक वर्षका लागि अगस्ट, अक्टोबर र मार्च महिना सबमिसन विन्डोको रुपमा रहनेछन्। राज्य सरकारले त्यो अवधिमा आवेदकहरु मध्येबाट छानेर रिजनल डेभलपमेन्ट अष्ट्रेलिया (आरडिए) का लागि इन्भिटेसन दिनेछ। यो भिसाको हालको प्रोसेसिङ्ग समय १० देखि १३ महिना रहेको छ । विस्तृत जानकारीका लागि : https://www.nsw.gov.au/topics/visas-and-migration/skilled-visas/register-your-interest-for-nsw-nomination
स्रोत : एसबिएस न्युज