अष्ट्रेलियाको जनगणना सम्बन्धि नेपाली समुदायका लागि जानकारीमूलक भर्चुअल कार्यक्रम

0
193

मेलबर्न। अष्ट्रेलियाको जनगणना सम्बन्धि नेपाली समुदायका लागि जानकारीमूलक भर्चुअल कार्यक्रम हुनेभएको छ। अष्ट्रेलियाको जनगणनामा यहाँका स्थानीय बासिन्दा मात्र नभई विद्यार्थी, आगन्तुक लगायत हाल अष्ट्रेलियामा रहेका सम्पूर्णले सहभागिता जनाउनुपर्ने हुँदा जानकारीमूलक कार्यक्रम राखिएको हो।

जनगणनामा सहभागिता जनाउँदा समुदायलाई अनुदान लिन तथा समुदायको हितका निम्ति नीति निर्माणमा अगाडी बढ्न पनि सहयोग पुग्छ। अष्ट्रेलियामा आगामी अगस्ट १० को राती हुँदैछ। जनगणनाको विस्तृत महत्व तथा फाइदा, उक्त जनगणनामा सहभागिताका लागि प्रक्रिया आदिका बारेमा नेपाली समुदायलाई भर्चुअल कार्यक्रम मार्फत जानकारी दिइदै छ। कार्यक्रम ४ अगस्ट बुधवार साँझ, सिड्नी समय अनुसार ६ देखि ७ बजेसम्म हुनेछ। कार्यक्रममा जनगणना सहभागिता सम्बन्धित व्यवस्थापक Ljubica Petrov ले विस्तृत जानकारी प्रदान गर्नुहुनेछ भने तारा गैरे मध्यस्तकर्ताको रुपमा रहनुहुनेछ।

भिक्टोरियाका लागि नेपाली महावाणिज्यदुतको कार्यलय, नेपलीज एसोसिएसन अफ भिक्टोरीया (न्याभ) र गैरआवासीय नेपाली सङ्गठन (एनआरएनए) अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको यस कार्यक्रम जुम मार्फत हुनेछ। जसमा सहभागिताका लागि Meeting ID: 875 7168 0461 र Passcode: 886470 रहेको छ।