अष्ट्रेलियाको न्यू साउथ वेल्समा थपिए २ सय २ जना नयाँ संक्रमित, ५३ जना आइसीयुमा

0
159

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्समा कोरोना भाइरसका दुई सय दुई जना नयाँ संक्रमित थपिएका छन्।

मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यू साउथ वेल्समा १ लाख ४ हजार ५ सय ३६ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा १ सय ९९ जना र ३ जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो। न्यू साउथ वेल्समा हाल २ सय ५० जना संक्रमित अस्पताल भर्ना भएका छन्। ती मध्ये ५३ जना आइसीयुमा उपचाररत छन्।