रचना र सोनुको तीज गीत “रेलको चाबी” सार्बजनिक

0
239

चितवन– नेपाली हिन्दुहरुको महान पर्व हरितालीका तीज नजिक नजिक आँउदै छ । यो पर्व विशेष गीत संगीतको पर्व पनि हो । परापूर्व कालदेखि नै तीज र गीत जोडिएका छन ।

नेपालमा पछिल्लो समय तीज गीतको परिभाषा केहि फेरीएको छ तर निरन्तरता भने पाइरहेको छ । तीजकै कुरा गर्दा पछिल्ला केहि बर्षमा आफ्ना तीज गीत मार्फत दर्शक स्रोताको मनमा बस्न सफल गायक हुन प्रेम सापकोटा सोनु ।

बागलुङमा जन्मिएका सोनु अहिले जापानमा रोजगारीमा छन । जापान जस्तो अति ब्यस्त हुनु पर्ने ठाँउमा रहेर पनि उनले निरन्तर गीत संगीतमा कलम चलाइरहेका छन । सिर्जना,गायन र अभिनय सबै विधामा अव्बल सोनुले सिर्जना गर्ने हरेक गीतमा मौलिक पन र उत्कृष्टता पाइन्छ ।


यसै विच यो बर्षको लागि तीज गीत “रेलको चाबी” भर्खर मात्र सार्वजनिक भएको छ । गीतमा लय तथा शब्द सिर्जना प्रेमको आफ्नै रहेको छ भने उनलाई आवाजमा पछिल्लो समय चर्चामा रहेकी गायिका रचना रिमाल साथ दिएकी छन । गीतमा बिजय पुन र अञ्जली अधिकारीको अभिनय रहेको छ । गीतलाई अहिलेका चर्चित निर्देशक स्मृती तिमल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी छन भने सम्पादन प्रकाश धमलाको रहेको गीत आरती मिडिया प्रालीले बजार ब्यबस्थापन गरेको छ । गीतको अडियो र भिडियो पक्ष दुवै दमदार रहेको छ ।


हेर्नुहोस भिडियो