अष्ट्रेलियाको न्यू साउथ वेल्समा थपिए २ सय ९ जना नयाँ संक्रमित

0
75

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा कोरोना भाइरसका दुई सय नौ जना नयाँ संक्रमित थपिएका छन्।

सोमबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यू साउथ वेल्समा १ लाख १७ हजार ९ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा दुई सय सात जनामा र दुई जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो। न्यू साउथ वेल्समा हाल २ सय ३२ जना संक्रमित अस्पताल भर्ना भएका छन्। ती मध्ये ५४ जना आइसीयुमा उपचाररत छन्।