अष्ट्रेलियाको भिक्टोरियामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

0
72

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा २१ हजार ४ सय १७ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा दुई जनामा संक्रमण पुष्टि भएको हो। योसंगै भिक्टोरियामा हाल सक्रिय संक्रमितको संख्या १३४ पुगेको छ।