एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा नन्द गुरुङ विजयी

0
253

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्ष पदमा नन्द गुरुङ विजयी हुनुभएको छ। जुलाई ३१ का दिन शनिबार सम्पन्न निर्वाचनमा ८ हजार ५ सय ८६ मत प्राप्त गरी गुरुङ विजयी हुनुभएको हो। २०२१-२३ को कार्यकालका लागि भएको निर्वाचनमा अध्यक्ष पदका लागि नन्द गुरुङ र डा. ज्ञानेन्द्र रेग्मी उम्मद्वार रहनुभएको थियो। रेग्मीले ४ हजार ८ सय ७९ मत प्राप्त गर्नुभयो।

त्यसैगरी, महासचिव पदमा क्यानबेराका राजुबाबु अधिकारी, सचीव पदमा सन्ध्या शाह, सह- कोषाध्यक्ष पदमा राजकुमार नगरकोटी एनसीसी युवा संयोजक पदमा भिक्टोरीयाका बबिन मिश्र, नारी निकुञ्जको संयोजक पदमा एडिलेडकी मञ्जु खड्का विजयी बन्नुभएको छ। आइसिसी सदस्यहरुमा बुद्धि डल्लाकोटी, पर्शुराम अधिकारी, प्रज्वल भट्टराई, राजेश बुढाथोकी, प्रेमप्रसाद कँडेल, सूर्य आचार्य, परेशशराज घिमिरे, नविन भण्डारी विजयी बन्नुभएको छ।

त्यसैगरी, राज्य संयोजक पदमा न्यु साउथवेल्सबाट देव बहादुर गुरुङ, क्यानबेराबाट अशोक बस्नेत, क्वीन्सल्याण्डबाट विनोदभक्त आचार्य, साउथ अष्ट्रेलियाबाट रेनुका लामा, तास्मानियाबाट राकेश शाक्य, नर्दन टेरिटोरीबाट विष्णु चापागाई विजयी हुनुभएको छ। यसअघि भिक्टोरियाबाट हरि खड्का र वेष्टर्न अष्ट्रेलियाबाट दीपक बस्नेत निर्विरोध निर्वाचित भइसक्नुभएको थियो ।

निर्वाचन अनलाइन मार्फत सम्पन्न भएको थियो, जसमा कुल १५ हजार २ सय ९८ मतदाता मध्ये १४ हजार २ सय ३३ जनाको मत खसेको थियो। शनिबार दिउँसो सम्पन्न निर्वाचनको नतिजा राती नै सार्वजनिक गरिएको थियो।