अष्ट्रेलियाको न्यू साउथ वेल्समा थपिए २ सय १२ जना नयाँ संक्रमित

0
103

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा कोरोना भाइरसका २ सय १२ जना नयाँ संक्रमित थपिएका छन्।

शनिबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यू साउथ वेल्समा १ लाख ५ हजार ९ सय ६३ जनामा कोरोना परिक्षण गरेको थियो। जसमध्ये समुदाय स्तरमा २ सय १० जना र दुई जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो। न्यू साउथ वेल्समा हाल दुई सय तीन जना संक्रमित अस्पताल भर्ना भएका छन्। ती मध्ये ५३ जना आइसीयुमा उपचाररत छन्।