संरक्षित वन्यजन्तु कछुवा बेच्दै गरेका तीन जना पक्राउ

0
149

काठमाडौँ– संरक्षित वन्यजन्तु (कछुवा) बेच्न लागेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । कछुवा बेच्न लाग्दै गरेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको दक्षिणकाली नगरपालिका–६ फर्पिङबाट तीन जनालाई पक्राउ गरेको हो ।

सीआईबीका एसपी श्यामकुमार महतोका अनुसार पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ का विशाल सुनार, ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारीका ३५ वर्षीय भुवन राई रहेका छन् ।

प्रहरीले उनीहरुका साथबाट जिउँदो कछुवा समेत बरामद गरेको छ। अहिले उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन बन कार्यालय हात्तीसारमा बुझाइएको एसपी महतोले बताए । उनीहरुमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।