गैँडाकोट ३ स्थित बृन्दापुर गाँउ “लायन्स नमुना गाँउ” घोषणा

0
37

साउन ७, गैँडाकोट

गैँडाकोट ३ मा अवस्थित बृन्दापुर गाँउलाई लायन्स नमुना गाँउ बनाईने भएको छ । लायन्स क्लब अफ चितवन चौतारीको अगुवाईमा बिहिबार लायन्स नमुना गाँउ घोषणा कार्यक्रम सम्पन्न भएको छ । सो गाँउलाई नमुना बनाउन लायन्स क्लब अफ चितवन चौतारी, लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि, लायन्स क्लब अफ गैँडाकोट उत्कृष्ट  र लायन्स क्लब अफ चितवन स्पन्दनले कार्य गर्नेछन् । 


लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का बर्ष २०२१÷२२ का गर्भनर लायन रामप्रसाद भट्टको परिकल्पना अनुसार कुनै एक गाँउको छनोट गरी क्लबहरुले गर्ने बर्षभरीका सबै कार्यहरु सोहि गाँउमा सम्पन्न गर्ने गरी लायन्स नमुना गाँउको परिकल्पना गरिएको हो । सो कार्य स्थानीय पालिका तथा वडा कार्यलय सँगको समन्वयमा सम्पन्न हुनेछ । 
नमुना गाँउ घोषणासँगै घोषित गाँउमा विभिन्न किसिमका जनचेतना कार्यक्रमहरु सञ्चालन हुनेछ । समय समयमा स्वास्थ्य शिविर, स्थानीयलाई विभिन्न किसिमका आयमुलक तालिमहरु समेत प्रदान गरिनेछ ।  

लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का डिष्ट्रिक सचिव प्रभाकर पण्डितले गैँडाकोट नगरपालिका वडा नं. ३ बृन्दापुरमा रहेको श्री पञ्चकन्या प्रा.वि.को प्राङ्गणमा रुद्राक्षका बिरुवा रोप्दै लायन्स नमुना गाँउ घोषणा गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि रहनुभएका डिष्ट्रिकका सचिब पण्डितले लायन्सको यो अभियानबाट धेरै नागरिकहरुले उच्चकोटीको सेवा पाउने बताउनुभयो । बिगत देखिनै प्रभावकारी कार्यगर्दै आईरहेको चितवन चौतारी लायन्सको अगुवाईमा बृन्दापुर साच्चै नमुना गाँउ बन्नेमा आफुलाई पुरा विश्वास भएको बताउनु भयो ।

कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले बृन्दापुर गाँउ गैँडाकोट नगरपालिकाको कार्यालयबाट नजिक भएर पनि विकासको दृष्टिले पछाडी रहेको बताउनु भयो । उहाँले आफ्नो वडाले नगरपालिकाको ४३ प्रतिशत क्षेत्रफल ओगटेको र बस्तीहरु पातला–पातला भएका कारण सबै नागरिकहरुलाई आधारभुत सेवा दिन समेत कठिन रहेको बताउनु भयो । सिमित स्रोत र साधनबाट काम गर्दै आईरहेको बताउँदै उहाँले आफ्नो वडा अन्र्तगतको गाँउलाई लायन्स क्लबहरुले नमुना गाँउ घोषणा गरी सो को कार्यन्वयमा देखाएको तत्परताले ज्यादै उत्साहि भएको बताउनुभयो । यस्ता किसिमका सहकार्यको निरन्तरताका लागी उहाँले उपस्थित लायन्सकर्मीहरुसँग आग्रह गर्नुभएको थियो ।


बिद्यालयको स्थापना बि.स. २०४५ सालमा भएको हो । स्थानिय गोपाल दर्लामीका अनुसार शुरुमा कक्षा ३ सम्मको पढाई हुने बिद्यालयमा शिक्षक टेकबहादुर आलेले ३ बर्ष स्वयम्सेवी शिक्षकका रुपमा अध्यापन गराउनुभएको थियो । हाल यो बिद्यालयमा कक्षा ५ सम्म पढाई हुन्छ । समय समयमा विभिन्न दाताको सहयोगमा केहि भौतिक पुर्वाधार बनेपनि अझै धेरै बाँकी रहेको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद पौडेलले बताउनुभयो । यो शैक्षिक सत्रमा ४३ बिद्यार्थी भर्ना भईसकेको बिद्यालयकी प्रधानाध्यापक राधिका भण्डारीले बताउनुभयो । बिद्यालयमा ३ स्थायी दरबन्दी, १ जना बाल शिक्षा अन्र्तगतका शिक्षक र १ कर्मचारी कार्यरत छन् । 

सो घोषणा कार्यक्रममा डिष्ट्रिकका को चिफ एडभाईजरहरु राजेन्द्र गौतम, कृष्ण पाण्डे, डिष्ट्रिक चिफ गोपाल गौतम, डेपुटी चिफ भक्तीप्रसाद चालिसे, डिष्ट्रिकका डेपुटी सचिब पूर्णप्रसाद शर्मा, गैँडाकोट नगरपालिका वडा नं ५ का वडा अध्यक्ष समेत रहनुभएका लायन्सका एओजी नवराज कँडेल, रिजोन चियर पर्सन बिनोद पन्त, जोन चियरपर्सन किशोर पौडेल लगायतका लायन्सकर्मीहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा. गंगा सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।