नेपाली कांग्रेस भरतपुर महानगरको सभापतिमा कार्कीको उम्मेदवारी

0
77

चितवन ७ साउन

नेपाली कांग्रेस भरतपुर महानगर समितिको सभापति पदमा वचन कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अाज सिजि ल्यान्डमार्कमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा १२ बुदे घोषणापत्र जारी गर्दै उनले भरतपुर महानगरलाई सम्बृद्ध बनाउन आफुले उम्मेदवारी दिएको बताए । उनले महानगर वासीको समस्या समाधानमा आफू छुट्टै एजेन्डाका साथ अगाडि बढेको बताए । भरतपुर महानगरपालीका संग समन्वय गर्दै शिक्षा स्वास्थ र रोजगारीलाई प्राथमिकतामा राखेको बताए । नेपाली कांग्रेसले देशको यथार्थलाई बुझेको र अब युवा पुस्ताले नेतृत्व लिनुपर्ने भएको कारण आफू राजनितीमा होमिएको बताए ।

उनले आफुले चुनाव जितेमा महानगरमा नेपाली कांग्रेसको मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याउने दाबि गरेका छन् । नेपाली कांग्रेसको १४ अौं महाधिवेशनको सरगर्मी बढे संगै राजनीतिक माहोल चितवनमा देखिन थालेको छ।