एनआरएनए भिक्टोरियामा हरि खड्का नेतृत्वको समूह निर्विरोध चयन

0
95

मेलबर्न । एनआरएनए भिक्टोरियामा हरि खड्का नेतृत्वको समूह निर्विरोध चयन भएको छ। एनआरएनए अष्ट्रेलियाको निर्वाचन जुलाई ३१ मा हुँदैछ। जसका लागि उम्मेद्वार नामावलीमा भएका विवरणहरूका बारेमा दावी, बिरोध र संसोधन प्रस्तावहरू तथा उम्मेद्वारी फिर्ताका लागि जुलाई २० को मिति तोकिएको थियो। सो अवधिसम्म कसैको पनि दाबी बिरोध नआएपछि हरि खड्का नेतृत्वको प्रजातान्त्रिक समूह एनआरएनए अष्ट्रेलिया अन्तर्गत भिक्टोरिया राज्यबाट आगामी कार्यकालका लागि निर्विरोध चयन भएको हो।

निर्विरोध चयन हुनुभएका भिक्टोरिया राज्य संयोजक हरि खड्काले समावेशी समूहसंगको सहमतीमै निर्विरोध चयन भएको उल्लेख गर्दै भिक्टोरियावासी नेपाली समुदायले देखाएको उदाहरणीय एकता तथा सद्भावले आफू प्रेरित भएको बताउनुभयो।

भिक्टोरियावासीले देखाएको यो सद्भाव र आशालाई मनमा लिएर समुदायलाई सबल बनाउन हरदम लागिरहने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो। भिक्टोरियावासी बीच आफ्नो स्वच्छ छवि बनाउनुभएका संयोजक खड्का पेशागत रुपमा रियल स्टेट क्षेत्रमा काम गर्नुहुन्छ भने सामाजिक काममा पनि उत्तिकै क्रियाशील हुनुहुन्छ।

एनआरएनए भिक्टोरियाका लागि निर्विरोध चयन भएको समूह:
संयोजक: हरि खड्का
उपसंयोजक: नारायण कटुवाल
सचीव: गणेश कँडेल
सहसचीव :दिपक अधिकारी
कोषाध्यक्ष: हेमराज पौडेल
राज्य समिति सदस्य: जीवन आचार्य, चिरञ्जीवी पोखरेल, गणेश भण्डारी, बिजय दाहाल, प्रिती राना थापा, बवि लामा, समन्यु थापा, कृष्ण बहादुर महरा क्षेत्री, गणेश भण्डारी र विजय दाहाल
राज्य युवा संयोजक: मनिष नेपाल
उपसंयोजक : शसेन्द्र केसी
युवा सदस्यहरु : रन्जीत सापकोटा, मातृका खनाल, छवीलाल सापकोटा, बिक्रम तिवारी, गौरव सुनार

नारी निकुञ्ज संयोजक: पारु सापकोटा
उपसंयोजक: राशी सिंह
राज्य महिला सदस्यहरु : कृष्णकला सापकोटा, कल्पना बस्याल, बिना अधिकारी र रेनुका पाठक
एनसिसी सदस्य: विश्व गौडेल, महेन्द्र साली घिमीरे र महादेव धानुक