अष्ट्रेलियाको न्यू साउथ वेल्समा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि

0
43

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहिबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यू साउथ वेल्समा ८५ हजार १ सय ८५ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा १२४ जनामा संक्रमण पुष्टि भएको हो। न्यू साउथ वेल्समा हाल १२१ जना संक्रमित अस्पताल भर्ना भएका छन्। ती मध्ये २९ जनाको आइसीयुमा उपचार भइरहेको छ।