अष्ट्रेलियाको भिक्टोरियामा थपिए २८ जना नयाँ संक्रमित

0
49

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका २८ जना नयाँ संक्रमित थपिएका छन्।

बिहीबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ४३ हजार ६ सय ७४ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा २६ जना र दुई जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो। योसंगै भिक्टोरियामा सक्रिय संक्रमितको संख्या १ सय ४६ पुगेको छ।