अष्ट्रेलियाको न्यू साउथ वेल्समा थपिए ११२ जना नयाँ संक्रमित

0
44

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्समा कोरोना भाइरसका ११२ जना नयाँ संक्रमित थपिएका छन्।

बुधबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यू साउथ वेल्समा ८३ हजार ४ सय ७७ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा १ सय १० जना र २ जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो। न्यू साउथ वेल्समा हाल १०६ जना संक्रमित अस्पताल भर्ना भएका छन्। ती मध्ये २३ जना आइसीयुमा उपचाररत छन्।