अष्ट्रेलियाको भिक्टोरियामा जारी लकडाउन सात दिनका लागि थप

0
87

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा जारी लकडाउन साता दिनका लागि थप हुनेभएको छ। भिक्टोरियाका प्रिमियर डानियल एन्ड्रयुले जुलाई २७ सम्मका लागि लकडाउन लम्बिने घोषणा गरेका हुन्।

यसअघि जारि लकडाउन मंगलबार मध्यराती सकिंदैछ। यता समुदायमा भने कोरोना संक्रमित बढिरहेका छन्। संक्रमण नियन्त्रणका लागि अझै केही समय आवश्यक रहेको देखिएकोले लकडाउन लम्बाउने निर्णय गरिएको प्रिमियर एन्ड्रयुले बताएका छन्।

भिक्टोरियामा हाल ९६ जना सक्रिय संक्रमित रहेका छन्।