साउथ अष्ट्रेलियामा मंगलबार बेलुकादेखि सात दिने लकडाउन

0
70

एडलेड। साउथ अष्ट्रेलिया सरकारले मंगलबार बेलुकादेखि सात दिने लकडाउनको घोषणा गरेको छ। कोरोना संक्रमणको पाँचौं केस फेला परेपछि राज्य सरकारले सतर्कता अपनाउंदै लकडाउनको घोषणा गरेको हो।

लकडाउन मंगलबार, जुलाई २०, बेलुका ६ बजेदेखि ७ दिनसम्मका लागि लागु हुनेछ। यो अवधीभर घरबाट गर्न नसकिने कार्यालयको कामका लागि, अत्यावश्यक सामान खरिदका लागि, उपचार तथा भ्याक्सिन लगाउनका लागि घर बाहिर निस्किन सकिनेछ। त्यसैगरी, एक्सरसाइज गर्नका लागि एक परिवारबाट दुई जनाका लागि मात्र अनुमति हुनेछ।

रेष्टुरेन्टहरुले टेक अवे सेवा प्रदान गर्न सक्नेछन्। सुपरमार्केट अत्यावश्यक सामानका लागि खुल्ला हुनेछन् र एउटा परिवारबाट एक जनालाई मात्र खरिदका लागि निस्किन अनुमति हुनेछ।