अष्ट्रेलियाको न्यू साउथ वेल्समा थपिए ७९ जना नयाँ संक्रमित

0
42

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यू साउथ वेल्समा ६२ हजार ८ सय ६० जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा ७८ जना र एक जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो। न्यू साउथ वेल्समा हाल ९५ जना संक्रमित अस्पताल भर्ना भएका छन् र ती मध्ये २७ जना आइसीयुमा उपचाररत छन्।