अष्ट्रेलियामा रिटेल सेल्स असिस्टेन्टको जागिर र तलब

0
147

कुनै पनि सामानको स्टोर अथवा पसलमा सामान आकर्षक तरिकाले सजाउनुका का साथै स्टोरमा आएका ग्राहकले चाहेको सामान देखाउने / बेच्ने पेशा रिटेल सेल्स असिस्टेन्टको हुन्छ। ग्राहक स्टोरमा प्रवेश गर्दा सबैभन्दा पहिला रिटेल सेल्स असिस्टेन्टसंग भेट हुने हुँदा यस पेशामा लागेका व्यक्ति अनुहारमा मुस्कान र मीठो बोली लिई ग्राहकको सहयोगका लागि सधैँ तत्पर रहनुपर्छ।

यस पेशामा लाग्नका लागि कुनै योग्यता तोकिएको छैन। हाई स्कूलको सर्टिफिकेट हुनेले पनि यो जागिर पाउन सक्छन् तर मीठो बोल्न सक्ने ,धैर्य गर्न सक्ने तथा लामो समयसम्म उभिएर काम गर्न सक्ने हुनुपर्छ। कहिलेकाहिँ भारि समान पनि उठाउनु पर्ने हुनसक्छ।

रिटेल सेल्स असिस्टेन्ट काम तथा जिम्मेवारी :

१ – ग्राहकको स्वागत गर्ने साथै उनीहरुले खोजेको सामान देखाउने।
२ – स्टोरको सामान सधै सफा र चिटिक्क पारेर मिलाउने।
३ – सामानको भुक्तानी लिने।
४ – स्टोरमा बिक्रि हुने सामानको बारेमा पूर्ण जानकारी राख्ने।
५ – ग्राहकको कुरा धैर्य पूर्वक सुन्ने , बुझ्ने अनि उसले सामानको बारेमा जान्न खोजेको कुरा बताउने।

अष्ट्रेलियामा रिटेल सेल्स असिस्टेन्टको तलब

पेस्केलका अनुसार, अष्ट्रेलियामा रिटेल सेल्स असिस्टेन्टको प्रति घण्टा औसत तलब २० .६८ अष्ट्रेलियन डलर रहेको छ।

अष्ट्रेलियामा काम सम्बन्धि अनुभवको आधारमा दिईने रिटेल सेल्स असिस्टेन्टको बोनस ,टिप्स र ओभर टाइम सबै गरेर प्रति घण्टा औसत तलब :

* एक वर्ष भन्दा कम अनुभव भएको – १९.७१ अष्ट्रेलियन डलर

* एक देखि  चार वर्षको अनुभव भएको – २०.४८ अष्ट्रेलियन डलर

* पाँच देखि नौ वर्षको अनुभव भएको – २१.९६ अष्ट्रेलियन डलर

* दश देखि उन्नाइस वर्षको अनुभव भएको – २२.०२ अष्ट्रेलियन डलर