‘अष्ट्रेलियामा नेपालमा जस्तो भोलिवादी प्रवृत्ति छैन’

0
482

नेपालबाट स्टुडेन्ट भिसामा अष्ट्रेलिया आएका युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक’ शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियामा बसोवास गरिरहनुभएका नविन राज भण्डारीसंगको कुराकानी प्रस्तुत गरेका छौं।

नेपालमा तपाईंको घर कहाँ हो ? अष्ट्रेलिया कहिले आउनुभएको हो ?
विराटनगर हो। यता अष्ट्रेलिया आएको धेरै भएको छैन। १ वर्ष पुग्यो।

नेपालमा कुन लेभलको पढाइ सकेर आउनुभएको हो ?
ब्याचलर लेभल आएको हूँ।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ ?
पढ्दै अनि काम गर्दै। मास्टर्स लेभलमा पढ्दैछु ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
एकदमै धेरै फरक पाएँ। नेपालमा बसेर सोंचेजस्तो हुँदोरहेनछ।

काम पाउन कत्तिको गाह्रो भयो ?
शुरुमा त गाह्रो भयो। आफ्नो मान्छे यतै हुने हो भने काम पाउन अलि सजिलो हुनेरहेछ।

अष्ट्रेलियामा बस्दाका सकारात्मक कुराहरु के-के हुन् ?
नेपालमा जुनसुकै काममा पनि भोलिवादी प्रवृत्ति छ। यहाँ त्यस्तो हुँदैन। समय र कामलाई निकै महत्व दिइन्छ। काम तोकिएको समयमै सक्नुपर्छ। अनि हरेक कामलाई सम्मान छ।

अष्ट्रेलियामा बस्दाका नकारात्मक कुराहरु के-के हुन् ?
आफन्त भेट्ने समय हुँदैन। नजिकका मान्छे पनि टाढिन्छन्।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ?
म यता आएपछि कोभिड शुरु भयो। त्यसैले त्यति घुलमिल हुन पाएको छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
एकदमै धेरै आउँछ। परिवार अनि साथीहरु निकै मिस गरिन्छ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
धेरै कुरा सिकाइरहेको छ। अझै पनि सिक्दैछु।

अष्ट्रेलिया आउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
अरुकै लहैलहैमा लागेर नआउनुहोला। केही सिप सिकेर मात्र आउनुहोला।

अष्ट्रेलिया आउन चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
राम्रोसंग सबैकुरा बुझेर मात्र छोराछोरी पठाउनुहोला।

Are you Planning to Study or settle in Australia ? If yes, Just Click Here and fill this form.