
अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनुभएका आफन्तलाई कस्तो महसुस हुन्छ ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भ शुरु गरेको छ।
यस स्तम्भ अन्तर्गत आज हामीले पर्वत निवासी शर्मिला कार्कीसंग कुराकानी गरेका छौ।
हजुरलाई कसले उपहार पठाइदिनुभएको हो ? उपहार पाउँदा कस्तो लाग्यो ?
अष्ट्रेलियाबाट देवरले पठाइदिनुभएको हो। दाइको लागि पठाइदिनुभएको हो। खुसी लाग्यो हामीलाई। त्यति टाढाबाट पनि यसरी सजिलै उपहार पठाउन, पाउन मिल्दो रहेछ।
हजुरका देवर अष्ट्रेलिया जानुभएको कति भयो ? अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ?
६/७ वर्षजति भयो। कुन ठाउँमा बस्नुहुन्छ भन्ने चाहिं मलाई थाहा छैन।
उहाँ अष्ट्रेलिया जानु भएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो भविष्य बनाउंदै हुनुहुन्छ, प्रगती गरिरहनुभएको छ। राम्रो लाग्छ ।
परिवार संगै हुँदा चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ?
आइहाल्छ नि ! दाइले त धेरै मिस गर्नुहुन्छ। भाइ र म यस्तो गर्थ्यौं, अहिले भाइको भए यस्तो रमाइलो हुने थियो भनेर सुनाइरहनुहुन्छ।
नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
उता सेटल हुनुभयो भने पनि उहाँलाई राम्रो हो के रे, तर नेपाल पनि त आउनुपर्यो। आफ्नो आमाबुवा यतै हुनुहुन्छ। दुवैतिर सोंच्दा उस्तै लाग्छ, खै के भनूँ।
तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
गएकी छैन।
नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
अब कस्तो लाग्छ भन्नु खोई! अष्ट्रेलिया गएर यहाँभन्दा धेरै अवसर पाउँछन्, यहाँ गर्न नपाएको प्रगति गर्न सक्छन् भने के नराम्रो भयो र! आफ्नो लागि आफ्नो भविष्य बनाउनको लागी त राम्रो हो नी। तर आफ्नो घर परिवार छोडेर जानु त गाह्रो हुन्छ। कोहि त घर परिवार बिर्सेर बस्छन् नि त, त्यस्तो चाहिं नराम्रो हो।
अष्ट्रेलियामा रहनुभएका देवरलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
हामी एकदमै खुशी छौ। धन्यवाद भन्न चाहन्छौ। आफ्नो ख्याल राख्नु भन्न चाहन्छु।